काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ। मौसम खराबीको कारणले आकस्मिक अवतरण गरिएको हो।
मौसम खराबीको कारणले पालुङटार नगरपालिकामा अवतरण गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले थाहाखबरलाई जानकारी दिए। 'उहाँको काठमाडौंबाट पर्वतका लागि उड्नुभएको रहेछ। मौसमको खराबीले यहाँ अवतरण गरिएको हो। मौसम खुलेपछि यहाँबाट जानुहुने सूचना पाएका छौँ' उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।