|

दाङ : ग्यास लिक भएर आगलागी हुँदा २ जना गम्भीर घाइते भएका छन्। तुलसीपुर उप-महानगरपालिका १७ वनकट्टामा बिहीबार बिहान ग्यास लिक भएर आगलागी भएको हो।आगोलागीमा ४४ वर्षीय वसन्त वली र उनकी श्रीमती गीता वली गम्भीर घाइते भएका हुन्।

 ग्यास लिक भएर आगलागी हुँदा ब्रोइलर कुखुरा पालेको घर र कुखुरा पुर्ण रुपमा नष्ट भएको छ। ब्रोइलर कुखुराको बच्चाहरुलाई न्यानो बनाउने क्रममा लिक भएको ग्यासबाट आगलागी हुदाँ उनीहरु जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

 गम्भीर घाइते २ जनालाई तुलसीपुर स्थित राप्ती लाइफ केयरमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको वलीका आफन्त रेशम खड्काले जानकारी दिए।  आगलागी बिहान  करिव ४ बजे भएको थियो। आगो दमकलको सहयोगमा निभाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.