|

 गोरखा : मौसम खराबीका कारण गोरखामा आकस्मिक अवतरण गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टर करिब २० मिनेटपछि पुन: पर्वत उडेको छ।

 पर्वत जान हिँडेको हेलीकोप्टर मौसम खराबीका कारण दिउँसो करिब १ बजे गोरखाको आँपपिपलमा आकस्मिक अवतरण गरेको थियो। करिब १ बजेर २० मिनेट जाँदा गोरखाबाट पर्वतका लागि पुन: उडान लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

पर्वतको फलेवास नगरपालिका—३ शंखरपोखरीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न काठमाण्डौँबाट देउवा पर्वत हिँडेका थिए। उनी आज ११ बजे पर्वतमा शहीद तीवारी स्मृतिमा निर्माण गरिएको स्मृति भवन उद्घाटन गर्ने र श्रद्धाञ्‍जलि सभालाई सम्बोधन गरेर फर्किने गरी काठमाण्डौँबाट हिँडेका थिए।

मौसम खराबीका कारण समयमा नै कार्यक्रमस्थलमा नपुग्ने भएपछि भवन उद्घाटन हुने या नहुने अन्योल रहेको छ। शहीद तिवारी नेपाली कांग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति हुन्। उनको विसं २०६१ साल माघ १ गते माओवादी कार्यकर्ताले हत्या गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.