|

काठमाडौं :  पाहुना टोली इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा श्रीलंका एक सय ३५ रनमा समेटिएको छ। श्रीलंकाको गालेमा बिहीबार सुरु पहिलो टेष्टको पहिलो इनिङ्समा ४६.१ ओभरमा श्रीलंका अलआउट भएको हो।

टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै खराब प्रदर्शन गरेको छ। श्रीलंकाका लागि कप्तान दिनेश चन्डीमलले सर्वाधिक २८ रन बनाए।

यस्तै, एन्जेलो म्याथ्युज २७, दासुन शनाकाले २३, कुसल परेराले २० हसरंगा डी सिल्भाले १९ र निरोशान डिकवेलाले १२ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकालाई सस्तैमा अलआउट गर्ने क्रमा इंग्ल्याण्डका डोम बेसले उत्कृष्ट बलिङ गरे। उनले १०.१ ओभरमा तीन मेडन राख्दै ३० रन खर्चेर सर्वाधिक पाँच विकेट लिए।

यस्तै, टुआर्ट बोर्डले तीन र ज्याक लिचले एक विकेट लिए। श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो। श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन्। गत मार्चमै हुनुपर्ने टेष्ट सिरिज कोरोना भाइरस महामारीका कारण स्थगित भएको थियो। यसपटक महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.