|

काठमाडौं :  वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन्। चालिसेका 'सर्पदंशित मेरो वर्तमान', 'परिशीलन' र 'मरुभूमिको फूल' नामक अलग अलग तीन कृति बजारमा आएका हुन्। 'सर्पदंशित मेरो वर्तमान'मा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा निबन्ध सङ्ग्रहित छन्।

'परिशीलन' नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो। जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन्। 'मरूभूमिको फूल' भने नियात्रा तथा संस्मरणहरुको संगालो हो।

तीनवटै कृतिको प्रकाशक वीएन पुस्तक संसार रहेको छ। उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आएका छन्। बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उनका करीब ६ दर्जन कृति प्रकाशित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.