|

खोटाङ : भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको छ।

निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक साताका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए।   

गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन्। विद्यालय बन्द भए पनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनिक कार्य सञ्चालन गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ।

शिक्षा समितिको मंगलबार बसेको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै एक साताका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए। 

यसैबीच साकेला गाउँपालिकाले शिक्षा ऐन, २०७७ कार्यान्वयनमा ल्याएको छ। गाउँपालिकाले मङ्गलबार आयोजना गरिएको दशौँ गाउँसभाले १७ परिच्छेद ९८ दफा र १७ अनुसूची समावेश गरिएको सो ऐन ल्याएको हो। 

सो ऐन पारित भएपछि मुख्य गरी सामुदायिक विद्यालयमा रिक्त रहेका अंग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्युटर, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, पशुपालन वा बाली विज्ञानलगायत प्राविधिक विषयको जनशक्ति परिपूर्ति गर्न, स्थानीय अस्थायी अध्यापन अनुमतिपत्र जारी गर्न सक्ने बाटो खुलेको छ। यसरी दिइएको अध्यापन अनुमतिपत्र पाँच वर्षका लागि मान्य हुने बताइएको छ। 

त्यस्तै, ‘साकेला गाउँपालिकाको अबको निकास, सामाजिक आर्थिक रुपान्तरणसहितको दिगो विकास’ भन्ने नाराका साथ सञ्चालित गाउँसभाले बहुमतका आधारमा सो ऐन पारित गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.