काठमाडौं : गत पुस २० गते थप उपचारार्थ भारतको मुम्बई लगिएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई स्वदेश फर्काइएको छ।
प्रचण्ड पत्नी सीतालाई हिजो स्वदेश फर्काइएको उनकाे सचिवालयले जनाएकाे छ। लामो समय दिल्लीमै राख्नपर्ने अवस्थासमेत विचार गरी अध्यक्ष प्रचण्ड, छोरीहरु रेणु र गङ्गा दाहाल साथै गएका थिए।
प्रचण्ड र छोरी रेणु अस्पतालमै छाडेर पुस २५ गते नै फर्किएका थिए। गङ्गा भने आमाको साथै रहेको अवस्था थियो।
लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको थियो। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।