|

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ बाट पाँच वर्षीया बालिकालाई बलात्कार गरी समेत कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। तिलोत्तमा–१३ बभनी बस्ने वाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको  हो।

बालिकालाई बलात्कार तथा कुटपिट गरी घाइते बनाई छाडेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरेको हो। बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारका लागि वीर अस्पताल काठमाडौं ल्याइएको छ।

यस्तै, कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा टिकापुर नगरपालिका–४ का  ३२ वर्षीय वृजु भरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.