|

काठमाडौं :  सरकारले भारतको सिरम कम्पनीले बनाएको ‘कोभ्याक्सिन’ खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। अनुमति पाएको यस खोपको भण्डारण नेपालमा सहजै गर्न सकिने बताइएको छ।

योसँगै नेपालमा अब खोप आउने लगभग निश्चित जस्तै भएको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयले  जसको लागि हाल उपत्यका र उपत्यकाबाहिर खोप पुर्‍याउनका लागि रेफ्रिजेटर भ्यानको समेत तयारी गरिसकेको बताइएको छ।

विराटनगर,  बाराको पथलैयामा  रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटै भ्याक्सिन स्टोरमा कोभिड भ्याक्सिन स्टोर , पोखरा, बुटवल र धनगढी  नेपालगन्ज र सुर्खेतको   एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ।

नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिसकिने र त्यसको लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी गरिरहेको यसअघि नै बताइएको छ।

नेपालमा  खोप आएमा सुरुमा आएको खोप फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीसहित अन्य फन्टलाइनरहरूलाई लगाउने सरकारको तयारी छ।

यता, झट्टै शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा अस्टेलियन कम्पनीको खोपसमेत क्लिकल ट्रायलको लागि प्रयोग गर्ने भएको छ। जसले गर्दा अब नेपालमा कोरोना विरुद्धको खोप छिट्टै प्रयोगमा आउने सम्भावना देखिएको छ।

सरकारले फागुनको पहिलो सातासम्म नेपालमा खोप ल्याउने तयारी गरिरहेको छ। उक्त कुरा केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले समेत घुमाउरो तरिकाले बताएका थिए।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीको मुख्य एजेन्डा कोरोनाविरुद्धको खोप भएको बताइएको छ। नेपालमा खोप आएको एक साताभित्रै प्रयोग गरिसकिने र त्यसका लागि १६ हजार खोप केन्द्र बनाइनेछ।

पाँच हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने तयारी गरिरहेको मन्त्रालयको बताएको छ। नेपालमा खोप आएमा सुरुमा आएको खोप फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीसहित अन्य फ्रन्टलाइनरहरूलाई लगाउने सरकारको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.