|

काठमाडौं : नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टन वरियतामा उल्लेखनीय सुधार गरेका छन्।

युवा स्टार प्रिन्सले जुनियर तर्फको वरियतामा ८ स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेका हुन्। शीर्ष स्थानमा डेनमार्कका मड्स जुएल मोलेर रहेका छन्।

त्यस्तै, भारतका भरुन कपुर दोस्रो नम्बरमा हुँदा तेस्रो नम्बरमा नेपालका युवा स्टार प्रिन्स दाहाल रहेका छन्।

शीर्ष स्थानमा रहेका डेनिस खेलाडीको १३५५० अंक रहेको छ भने भारतीय खेलाडीको १३१५० अंक रहेको छ। नेपाली खेलाडी प्रिन्सको १०४०० अंक रहेको छ।

गत डिसेम्बर १ मा ११ औं स्थानमा रहेका प्रिन्सले एकैपटक ८ स्थान सुधार गरेका हुन्‌। प्रिन्स यसअघि गत अगस्टमा ७ औं वरियतामा उक्लिएका थिए।

त्यसपछि वरियता खस्किएपनि उनले आफुलाई  विश्व वरियतामा पुन: अब्बल बनाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.