|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काडठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली काट्दैछ। 

बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने प्राधिकरणले जानकारी दिएको हो।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु र मित्रनगरलगायत क्षेत्रमा मर्मत कार्य गर्न विद्युत प्रवाह रोकिने र काम सकिएलगत्तै पुन: प्रवाह गरिने प्राधिकरणले जनाएको छ।

पछिल्ला केही महिनायता प्राधिकरणले मर्मतका लागि भन्दै तारान्तार बिजुली काट्दै आएको छ। हाल भैरहेको विद्युत कटौतीलाई लोडसेडिङ भन्न नमिल्ने जिकिर प्राधिकरणले गरेपनि सर्वसाधारणले भने अघोषित ढंगले सरकारले लोडसेडिङ गर्न खोजेको आरोप लगाइरहेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.