|

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का  एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। 

अहिले प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। 

शनिबार दिउँसो काठमाडौं उपत्यकाको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। आज उपत्यकाको न्यूनतम तापक्रम बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १६ देखि १८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान छ। 

यस्तै, राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.