|

कपिलवस्तु : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले तत्काल अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि नबढे ५ सय मेगावाट विद्युत् खेर जाने बताएका छन्। 

शुक्रबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ घन्चौराको ३३-११ के.भी विद्युत् सब स्टेसनको  उद्घाटन गर्दै मन्त्री रायमाझीले रेल र सडकको नाका मात्र नखोली विद्युत् प्रसारण लाइनको नाका खोल्नुपर्नेमा जोड दिए।

‘नेपालमा विद्युत् उत्पादन निर्यात गर्न सक्ने अवस्था आउन लागेको छ। नजिकको बजार भनेको भारत र चीन हो। त्यहाँ विद्युत् बिक्रीका लागि ट्रान्समिसन लाइन बनाउन पर्ने आवश्यकता छ’ उनले भने।

खास गरी गण्डकी , कोसी र कर्णाली बेसिनबाट बिद्युत् उच्च मात्रामा उत्पादन हुने भएकोले यी ठाउँमा हुँदै ट्रान्समिसन लाइन बनाउने बताए। मन्त्री रायमाझीले लोडसेडिङ  हटाउनका लागि आफू अघिल्लो पटक ऊर्जामन्त्री भएको बेलामा कामको चर्चा गरेका थिए।

लोडसेडिङ हटाउनका लागि विज्ञहरूको सहयोगमा ९९ बुँदे योजना बनाइएको र त्यही योजना कार्यान्वयन हुँदा लोडसेडिङ अन्त्य भएको दाबी गरे। 

पहिलेको कार्यकालमा वर्षौंदेखि अलपत्र परेको गोरखपुर मुज्जफपुर प्रसारण लाइन निर्माण सम्पन्न भएका थिए। सब स्टेसन निर्माण गर्ने योजना र समुद्घाटन समेत आफ्नै कार्यकालमा भएको देख्दा खुसी व्यक्त गरेका थिए। 

गण्डकी बेसिनबाट उत्पादन भएको विद्युत् बिक्री गर्नका लागि त्रिशूलीदेखि भैरहवा हुँदै भारतमा बिक्री गर्ने योजना रहेको छ।

कार्यक्रममा बोल्दै विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख मुनीन्द्र ठाकुरले सब स्टेसन निर्माणपछि गुणस्तरीय विद्युत् वितरण हुने बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेल, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, आयोजना प्रमुख प्रकाश राउत, आयोजना संयोजक सन्दीप श्रेष्ठले मन्तव्य दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.