काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर १ काे प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे अगुवा कार्यकर्ताको भेला सुरु भएको छ। दिउँसो १ बजेबाट रोयल बैंक्वेट तीनकुनेमा अगुवा कार्यकर्ता भेला सुरु भएको हो।
कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले आगामी वैशाखका लागि तोकेको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिन प्रधानमन्त्री भेलामा उपस्थित हुन लागेका हुन्।
गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा पनि विभाजित भएको छ। विभाजित नेकपाको ओली पक्षीय प्रदेश कमिटीहरुले काठमाडौंमै भेला आयोजना गर्दै आएका छन्। यसअघि सुदूरपश्चिम प्रदेश कमिटीले काठमाडौंमा भेला आयोजना गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।