कम्युनिस्ट पार्टी प्रचण्डमुक्त बनाउन आवश्यक

|

काठमाडौं : शहरी विकास मन्त्री प्रभु शाहले प्रचण्डले पदको लागि माओवादी आन्दोलन बेचेको आरोप लगाएका छन्। नेकपाको प्रदेश नम्बर १ को प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

प्रचण्डले आफ्नो पदभन्दा बाहिर जान नसकेको बताए। 'उहाँले पदको लागि माओवादी आन्दोलन बेचे, अहिले कम्युनिस्ट आन्दोलन पनि धरापमा पुर्‍याएका छन्' उनले भने, 'प्रचण्डले पद संकटमा परेपछि आफ्नो विचार र एजेण्डा सबै छाड्ने प्रवृत्ति छ।' 

कम्युनिस्ट पार्टी प्रचण्डमुक्त बनाउन आवश्यक रहेको समेत बताए। 'कम्युनिस्ट आन्दोलन सफल हुने बेलामा उहाँहरुले पदकै लागि असफल बनाउन खोज्नुभयो' उनले भने, 'देश गम्भीर संकटमा पुगेको छ।' 

पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालले पदको लोभले पार्टीमा बिग्रह सिर्जना गरेको दाबी गरे। प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि कृत्य हस्ताक्षर गरेको आरोप लगाए। 

'अविश्वासको प्रस्तावमा मेरो पनि हस्ताक्षर छ। असारमा एउटा प्रयोजनका लागि उठाइएको थियो। आफ्नै सरकारलाई अविश्वासको प्रस्तावमा हालिएछ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.