|

नवलपरासी  : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले अब चुनावमा जानुको विकल्प नरहेको बताएका छन्।

पश्चिम नलपरासीको सुनवल र बर्दघाटमा नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संवैधानिक की असंवैधानिक भनेर व्याख्या गर्ने जिम्मा सर्वोच्च अदालतको भएको समेत बताएका हुन्।

विरोध सभामा भण्डारीले प्रधानमन्त्रीको कदम सही या गलत भन्नेबारे टिप्पणी त गरेनन् तर कम्युनिष्टहरुले जनतालाई घात गर्दै देशलाई बर्बादीको बाटोमा लगेको आरोप लगाए। नेकपाका नेताहरु जनता र कार्यकर्ता प्रति उत्तरदायी नभई आफ्न्तबाद, परिवारबाद र गुटवादमा मात्र रमाएका कारण अहिले परिस्थिति सिर्जना भएको भन्दै भण्डारीले अब पनि कम्युनिष्टहरुले जनतालाई झुक्याउन नसक्ने जिकिरसमेत गरेका थिए।

उनले संविधान जारी गर्दै गर्दाको प्रसंग स्मरण  गर्दै भण्डारीले पहिलो संविधान सभामा कम्युनिष्टहरुको आपसी लडाईंका कारण संविधान जारी नभएको तर दोश्रो पटक कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै कांग्रेसकै कारण मुलुकले संविधान पाएको दाबी गरेका थिए।

यो देश बेच्ने अधिकार कसैलाई पनि नरहेको भन्दै देशका लागि गद्दारी गर्ने नेताहरुलाई एक एक गरी जेलमा कोच्ने समय आएको भन्दै चेतावनी दिए। भण्डारीले पुराना नेताहरुले विश्राम लिने समय आइपुगेको भन्दै अव नयाँपुस्ताले नेतृत्व लिनुपर्ने धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.