युवा संघको शक्ति प्रदर्शन, १३ स्थानीय तहका कांग्रेसको पनि विरोध सभा

|

काभ्रे : नेकपा ओली पक्षका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विघटित संसद् पुनर्स्थापना गर्छु भन्नु ब्रम्हनालमा सुताएको मरेको लासलाई अस्पताल लगेर ब्युझाउँछु भनेजस्तो हुने पूर्वमन्त्री गोकुल बास्कोटाले बताएका छन्। 

नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बास्कोटाले शनिबार जिल्लाको पनौतीस्थित बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रममा संसद ्पुनर्स्थापनाको कुनै अर्थ नभएको बताएका हुन्। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई भित्तामा फोटो झुण्ड्याउन र अझै देशको सीमा मिचाउन लागि प्रधानमन्त्री बन्न हतार भएको पनि आरोप लगाए। 

मुलुक निर्माण, समृद्धि, आत्मसम्मान, प्रगतिको बाटोमा बढाउन निर्वाचनको विकल्प नभएको उनले बताए। अदालतबाट संविधान संशोधन गर्न नपाउने र संवैधानिक विषयमा फैसला गर्न संवैधानिक इजलासबाटै हुने हुँदा त्यो सर्वोच्चले निर्णय गरिसकेको उनले दाबी गरे। संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको बताउँदै उनले युवाहरुलाई निर्वाचनको तयारीमा जुट्नसमेत उनले आह्वान गरे।

मुलुक र राष्ट्र हितका लागि प्रधानमन्त्री ओलीले नाकाबन्दीको सामना गरी एउटा देश निर्भर हुनुपर्ने अवस्थाबाट मुलुकलाई हटाई विकल्प सहितको सम्झौता गरेको स्मरण पनि गराएका थिए। केपी ओली नेतृत्वको सरकारले देशको सिमा रक्षा गर्न र राष्ट्रियता जोगाउन चालेको कदमको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रहसमेत गरे। 

कार्यक्रममा नेकपा काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले युवाहरुलाई जिल्लाका १ सय ३५ वटा वडा, १३ वटा स्थनीय तह, ४ वटा प्रदेश कमिटी र २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय कमिटी निर्माण गरी निर्वाचनमा होमिन आग्रह गरेका थिए।

बाक्लो रूपमा सुरक्षाकर्मी परिचालनबिच सञ्चालन भएको कार्यक्रममा राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेल, केन्द्रीय सदस्यहरु पूर्वराज्य मन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरि सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने लगायतको सहभागिता रहेका थिए।

युवा संघको शक्ति प्रर्दशन

नेकपा ओली पक्षका राष्ट्रिय युवा संघ काभ्रेले शक्ति प्रदर्शन गरेका छन्। शनिबार युवा संघको बृहत\ भेला तथा प्रशिक्षण कार्यक्रम सुरु गर्नुअघि जिल्लाको धुलिखेलबाट बनेपा हुँदै पनौतिस्थित कार्यक्रम स्थलसम्म मोटरसाइल र्‍याली गरी शक्ति प्रदर्शन गरेका हुन्। 

नेकपा फुटेपछि युवा संघ काभ्रेका जिल्ला संयोजक विक्रम चौलागाई र सह–संयोजक राजकुमार श्रेष्ठ ओली पक्षमा सक्रिय छन्। चौलागाईं एमालेनिकट युवा संघका अध्यक्ष र श्रेष्ठ पूर्वमाओवादी निकट वाइसिएल अध्यक्ष हुन्। 

काँग्रेसको १३ तहमा विरोध सभा

नेपाली कांग्रेसले जिल्लाका १३ वटै स्थानीय तहमा विरोध सभा गरेका छन्। जसमा बनेपामा आयोजित सभामा केन्द्रीय सदस्य शिव हुमागाई र पनौतीमा कांग्रेस नेता रमेश लेखकले सम्बोधन गरेका हुन्। 

त्यस्तै, कांग्रेसले नमोबुद्धको भकुण्डे, धलिखेलको सरस्वती बजार, खानीखोलाको ताल्ढुंगा, महाभारतको देवीटारलगायत ठाउँमा विरोध सभा गरेका छन्। विरोधसभामा नेताहरुले संसद् विघटन असंवैधानिक भएकाले जनता सचेत हुँदै असंवैधानिक कामको खवरदारी गर्नु पर्ने बताएका छन्।

त्यसैगरी उनीहरुले नेपाली काँग्रेस लोकतन्त्रको पक्षपाती भएकाले ओलीले असंवैधनिक कदम अविलम्व नसच्चिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनीसमेत दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.