|

भारतले पहिलो दिन १ लाख ९१ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइएको जनाएको छ। शनिबारदेखि त्यहाँ कोरोना विरुद्धको खोप लगाउन थालिएको हो। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले टीकाकरण अभियानको पहिलो दिन कोभ्याक्सिन र कोभिडशील्ड गरी दुवै खोप दिइएको जनाएको छ। खोप लगाइएका कसैलाई आकस्मिक रुपमा अस्पतालमा लैजान नपरेको भारतीय सञ्चारमाध्यमहरूले दावी गरेका छन्। 

दिल्लीमा भने खोप लगाइएका केहीमा एलर्जी लगाएतका लक्षण देखिएको छ। त्यस्तो लक्षण देखिएका व्यक्तिहरूलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ। 
भारतको केन्द्र सरकारले सफाइकर्मी, डाक्टर र नर्सहरूलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप दिएको हो।

भारतले शुरु गरेको खोप अभियानलाई विश्वकै सबैभन्दा ठूलो भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.