|

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्। पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाकै कारण दुई पक्षबीच झडप भएको थियो

पहिलेका श्रीमान् धनराज शाही र दोस्रो श्रीमान उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएको छ। धनराजलाई छाडेर उमेशसँग विवाह गरेर केही समय अगाडि मिलापत्र गरेको भएपनि शनिबार पुनः दुई पक्षबीच झडप भएको हो।

११ लाख रुपैयाँ तिरेर मिलापत्र भएको भनिएकाे छ। तर, दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाइसहितको कागजात माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले गर्भवती महिलालाई हातपात गर्दा निधार र कानमा चोट लागेको हो।

पैसा लिएको भर्पाइ माग्दा पहिलाका श्रीमान् पक्षकाले मिलेर कुटपिट गरेको बताइएको छ। ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेको र अहिले बोल्न नसक्ने भएका कारण उचारका लागि सिमकोट ल्याइएको छ। कानमा लगाएको सुनको एक कानको रिङसमेत हराएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.