|

अमेरिकामा नव निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण गर्ने दिन नजिकिँदै गर्दा त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। राजधानी वासिंटन डिसीसहित ५० वटै राज्यमा कडा सुरक्षा व्यवस्था गरिएको हो। बाइडेनले अगामी बुधबार सपथ ग्रहण गर्दै छन्।  

केही दिनअघि राष्ट्रपति ट्रम्प समर्थकहरुले संसद भवन क्यापिटोल हिलमा हिंस्रक आक्रमण गरेपछि त्यहाँ सत्ता हस्तान्तरणका क्रममा थप हिंसा भड्किन सक्ने अनुमानमा ठूलो संख्यामा नेशनल सेक्युरिटी गार्ड परिचालन गरिएको हो। 

अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले समेत सुरक्षा खतरा रहेको प्रतिवेदन सार्वजनिक गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले जनाएका छन्। एफबीआईले बाइडेनको सपथग्रहण अघि सबैजसो राज्यमा हतियारसहित प्रदर्शन हुन सक्ने सूचना प्राप्त भएको बताएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.