|

जर्मन चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लास्चेतलाई चयन गरेको छ।

लास्चेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ। लास्चेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन्।

कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेशमामिला विज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै ५९ वर्षीय लास्चेत शनिबार सीडीयू प्रमुखमा चयन भएका हुन्। सीडीयू अध्यक्षले परम्परागत रूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ। यसको अर्थ लास्चेतले जर्मन चान्सलरमा प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ।

व्यवहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लास्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाका नेता हुन्। उनलाई मर्केलका एक बफादार अनुयायीका रूपमा मानिन्छ। सन् २०१५ मा जर्मनीले सिरियालगायत अन्य मुलुकबाट आएका सयौं हजार आप्रवासीका लागि सीमा खुला गर्दा उनले मर्केललाई साथ दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.