काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध विभागीय टिम आर्मीले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर आर्मीका कप्तान बिनोद भण्डारीले ब्याटिङ्ग गर्ने निर्णय गरेका छन्। आर्मी लगातार दोस्रो जित निकाल्दै लक्ष्य सहित मैदान उत्रिएको छ। कर्णाली प्रतियोगिताको आफ्नो पहिलो खेल खेल्दैछ।
आजकै अर्को खेलमा विभागीय टिम पुलिसविरुद्ध बागमतीले फिल्डिङ गर्ने भएको छ। बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोज्दै पुलिसलाई ब्याटिङ्गको निम्तो दिएका छन्। दुवै टिम प्रतियोगिताको पहिलो खेल खेल्दैछन्।
मन्जित श्रेष्ठ कप्तानी पुलिस टिमले ब्याटिङ्ग गर्दै खेलको सुरुवात गर्दै छ। दुवै टिम जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।