|

जुम्ला : २०७७ साउनदेखि अहिलेसम्म जुम्लाबाट हराएका १९ बालबालिका अझै भेटिएका छैनन्‌।

जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार जिल्लाका १९ बालबालिका हराइरहेका छन्‌। उनीहरूको खोजी भइरहेपनि अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ।

सेवा केन्द्रमा घरेलु हिंसाका १८ र सामाजिक हिंसाका १९ वटा उजुरी परेका छन्‌। सेवा केन्द्रसहित जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्दा शाखामा २०७७ साउनदेखि अहिलेसम्म १ सय ९ वटा मुद्दा दर्ता भएका छन । पछिल्लो वर्ष सबैभन्दा धेरै अभद्र व्यवहार गरेको मुद्दा परेको छ। 

यस्तै, कर्तव्य ज्यानका ४ वटा, व्यक्ति वेपत्ता भएको एउटा, ज्यान मार्ने उद्योगका एउटा, झुण्डिएका ९ वटा , बिष सेवन गरेका ४ वटा मुद्दा परेको प्रहरी निरीक्षक युवन चौधरीले जानकारी दिएका छन्‌। 

उनका अनुसार भवितव्यका ५ वटा, जवजस्ती करणीका ३ वटा र जबजबस्ती करणी उद्योगका २ वटा, बहुविवाहका ४ वटा, लागूऔषधका ३ वटा ,जुवातासका २ वटा, सार्वजानिक अपराधका ५ वटा, किर्ते कागजको एउटा, नागरिकता सम्बन्धी एक र चोरी सम्बन्धीका २ वटा उजुरी परेका छन्‌। 

यस वर्ष जुम्लामा बालविवाहका उजुरी भने आएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.