|

काठमाडौं :  इङ्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। 

उसले १० खेलाडीमा समेटिएको फुलह्यामविरुद्ध १–० गोलको जित निकालेको हो। फुलह्यामको मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो। खेलको ४४ औं मिनेटमा एन्टोनी रोविन्सन रातो कार्ड खाँदै बाहिरिएपछि फुलह्याम १० खेलाडीमा सिमित भएको थियो। त्यसपछि दबाबमा आएको फुलह्यामविरुद्ध चेल्सीका मेसन माउन्टले ७८ औं मिनेटमा गोल गरे । गएरातिको जितसँगै चेल्सी २९ अंकका साथ सातौं स्थानमा छ।  फुलह्याम भने रेलिगेसन जोनमा छ। 

गएराति नै सम्पन्न अर्को खेलमा लेस्टर सिटीले साउथह्याम्टनलाई २–० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड ब्राइटनसँग १–० गोलले पराजित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.