|

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनबारे छलफल गर्नका लागि आइतबार सर्वदलीय बैठक बोलाएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। 

प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दललाई बैठकमा बोलाइएको उनले बताए। बैठक साढे ११ बजेका लागि बोलाइएको उनले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निवार्चनको मिति तोकेका छन्। प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनमा लाग्न आग्रह गरिसकेका छन्।

यता, नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल पक्ष चुनावको विरोधमा सडकमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.