९ गते काठमाडौंलाई अस्तव्यस्त हुने गरी जनता उतार्ने चेतावनी

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई भर्‍याङ मात्रै बनाएको बताएका छन्। प्रचण्ड माधव पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को उपत्यकास्तरीय भेलामा उपस्थित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'केपी ओली नेतृत्वको सरकारले समाजवादको लक्ष्य लिन्छ भन्ने आशा थियो। तर, ओलीले प्रधानमन्त्री भएपछि पार्टीलाई बिर्से नेकपालाई भर्‍याङ मात्रै बनाए' उनले भने, 'उनी दक्षिणापन्थी अवसरवादीका निम्ति लागगिरहे।' 

देशको अर्थतन्त्रलाई विकास गर्नका लागि नभएर मनपरी ढंगले बजेट बाँडेको आरोप लगाए। 'हामीले पटक-पटक ओलीको कदम सच्चाउनका लागि पहल गरेका थियौँ। तर, उहाँ बैठकमा नै आउनु छाड्नुभयो बैठक नै राख्नुभएन' उनले भने, 'ओलीले  आफूले नै प्रथम अध्यक्ष भएको दाबी गरे। कसैले उनलाई प्रथम अध्यक्ष भनेको छैन।' 

'पार्टीको बैठक राखेर सरकार सञ्चालनको विषयमा निर्णय गरेका थियौँ। तर, उहाँले एउटै लागू गर्नुभएन। तानाशाही ढंगले लाग्न थाले' उनले भने, 'ओलीको भारतीय गुप्तचर संस्थाका प्रमुखसँग घण्टौसम्म भेटवार्ता गरे। तर, के विषयमा कुराकानी भयो भन्ने पार्टी र कसैलाई जानकारी गराएनन्।' 

ओलीले कुर्सी छाड्न परेमा भाँचिदिन्छु भन्ने धम्कीपूर्ण भाषाको समेत प्रयोग गरेको सुनाए।'ओलीले पार्टीमा गुटबन्दी गरिरहेका थिए। उनीमा दक्षिणपन्थी हावा हावी भइसक्यो। ओली अब कसैको कमरेड रहेनन्, प्रतिगामी भइसके' उनले भने। 

ओलीले संविधानमा नभएको अधिकारलाई प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाए। उनले आगामी ९ गते काठमाडौँलाई अस्तव्यस्त हुनेगरि आन्दोलतमा जनता उतार्ने सहयोग गर्नका लागि आह्वान समेत गरे। उनले आफ्नो पक्ष आधिकारिक भएको दाबी गर्दै संसद पुनस्थापना हुने प्रष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.