|

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले इसेवाको सहकार्यमा सुरु गरेको ई-अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ। ई-अपोइन्टमेन्ट सेवा दिने विषयमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणि अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

सम्झौतासँगै शहीद गंगालाल अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ई-सेवा मोबाइल एप्लिकेशनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ। बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ।

अहिलेको कोभिड-१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउने विश्वास गरिएको छ। कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ।

कोजेन्ट हेल्थप्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरूपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।

कोजेन्ट हेल्थ र ई-सेवाद्वारा निर्मित ई-अपोइन्टमेन्ट र क्युआर पेमेन्टलगायत कोजेन्ट ई-एमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.