|

काठमाडाैं : स्पेनिस सुपर कप फुटबलको उपाधिका लागि आज राति बार्सिलोना र एथ्लेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ। आज राति नेपाली समयअनुसार पाैने २ बजे खेल हुँदै छ।

बार्सिलोनाले सेमिफाइनलमा रियल सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो भने बिल्बाओले साविक विजेता रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको थियो।

आजको खेल जित्दै दुबै टोली सिजनको पहिलो उपाधि जित्ने होडमा छन्। बार्सिलोना यसपटक बिल्बाओलाई हराएर १४ औँ पटक सुपर कपको उपाधि जित्ने दाउमा छ।

बिल्बाओले भने यसअघि दुईपटक मात्रै सुपर कपको उपाधि उचालेको छ।


पहिलो उपाधिको प्रतिक्षामा रहेको बार्सिलोनाका लागि कप्तान लियोनेल मेसीको चोट टिमका लागि महँगो पर्न सक्नेछ। चोटका कारण मेसीले सीमित मात्र प्रशिक्षण गरेका छन्।

प्रशिक्षक रोनाल्ड कोम्यानपनि मेसीलाई मैदानमा उतार्ने पक्षमा छैनन्। यद्यपि पहिलो हाफमा गोलस्कोर निकाल्न नसके दोस्रो हाफमा मेसीलाई कोम्यानले मैदान छिराउन सक्छन्। 

बार्सिलोना एन्टोइन ग्रिजमन, उसमान डेम्बेले, मार्टिन ब्रेथवेट, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्बा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउखो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको बढी भर पर्नुपर्ने छ। 

यता, सेमिफाइनलमा साविक विजेता रियल म्याड्रिडलाई हराएर हौसिएको एथ्लेटिक बिल्वाओ पनि अर्को महारथिलाई पराजित गर्दै उपाधि उचाल्ने ध्याउनमा रहेको छ। टोलीसँग राउल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया जस्ता खेलाडी छन्। 
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.