झलनाथ भन्छन् : काठमाडौंलाई अस्तव्यस्त हुने गरी आन्दोलन गर्नुपर्छ

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन सशक्त बनाउन आवेगमय र आक्रामक कार्यकर्तालाई निर्देशन दिएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

‘साकाहारी आन्दोलनले पुग्ने देखिएन। आन्दोलन आवेगमय र आक्रामक हुनुपर्छ। बाघ र सिंह गर्जिएजस्तो हुनु पर्‍यो। प्रति क्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो’, उनले भने, 'टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ।’ 

अध्यक्ष प्रचण्ड पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि चरणबद्ध आन्दोलन घोषणा गरिरहेको छ। माघ ९ गते ३ लाख जनता काठमाडौंको सडकमा उतार्ने चेतावनीका साथ आवेगसहितको आन्दोलन गर्ने चेतावनी दिइरहेका छन्। 

अध्यक्ष दाहालले कार्यकर्ता भेलालाई आवेगसहितको आन्दोलन गर्ने चेतावनी दिएपछि अबको आन्दोलनमा तनावग्रस्त स्थिति आउनसक्ने आकलन गर्न थालिएको छ। 'कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार छु। तर, हामी कुनै हालतमा प्रतिगमनलाई सफल बनाउन दिदैनौँ', उनले भनेका छन्।

अध्यक्ष प्रचण्डले आइतबार युवा संघ र विद्यार्थीको भेलालाई सम्बोधन गर्दै आवेग र आक्रामक रुपमा आन्दोलनमा सडकमा आउनका लागि युवा विद्यार्थीलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड पक्ष आक्रमक रुपमा सडकमा निस्कने तयारीमा थालेको छ। संसद् विघटन गरेपछि प्रधानमन्त्री ओली निर्वाचनको पक्षमा लागिसकेको छन्। तर, प्रचण्डले संसद पुनःस्थापनाको दाबीसहित सडक आन्दोलनमा गइरहेका छन्। 

प्रचण्ड समूहले आक्रमक रुपमा सडक आन्दोलनमा जाने चेतावनी दिन थालिएको छ। प्रचण्डले टाउको फुटाउन सक्ने चेतावनी दिइराख्दा अर्का नेता झलनाथ खनालले माघ ९ गते काठमाडौंलाई अस्तव्यस्त हुने गरी आन्दोलन गर्नुपर्ने बताइरहे। 

प्रधानमन्त्री ओलीको कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेको प्रचण्ड पक्ष आगामी आन्दोलनमा आक्रमक रुपमा देखिने सम्भावना अभिव्यक्ति दिन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.