|

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चुच्चे नक्सा र एमसीसीको कुरालाई थाती राखेर भए पनि प्रधानमन्त्री केपी ओलीविरुद्ध एकीकृत हुन आवश्यक रहेको बताएका छन्। 

विराटनगर नगरस्तरका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता पाण्डेले भने, ‘प्रधानमन्त्री ओलीको अन्तिम अस्त्र सकिएको छ, अब उनको अन्त्य हुने दिन नजिक छ, त्यसका लागि हामीले आन्दोलनलाई एकीकृत गर्न आवश्यक छ।’ 

ओलीले छटटु पाराले प्रचण्डलाई झुक्याउँदै आएका पनि नेता पाण्डेले आरोप लगाए। ओलीले प्रचण्डलाई  बोलाएर माधव नेपाललाई गाली गर्ने र माधव नेपाललाई बोलाएर प्रचण्डलाई गाली गर्ने  पञ्चायतमा राजाले दलहरुलाई झुक्याउने शैली अपनाएको नेता पाण्डेले बताए।

महाभारतको कथाका शिशुपाललाई मृत्यु दण्ड दिइएको कथा सुनाउँदै ओलीको पालो अब अन्त्य भएको जिकिर नेता पाण्डेको थियो।

महाभारतको कथामा शिशुपाललाई १ सय वटा मृत्युदण्डयोग्य गल्तीमा श्रीकृष्णले माफी दिए, जब १ सयभन्दा बढी त्यस प्रकारका गल्ती गरे, त्यसपछि उनै श्रीकृष्णले शिर छेदन गरी मृत्युदण्ड दिए, नेता पाण्डेले भने, ओलीका एक सयभन्दा बढी गल्ती छन्, तर हाम्रा नेता साथीहरुले विचार नपुर्‍याई बोलिदिन्छन्।

निर्वाचन आयोगले हालसम्म पार्टी फुटसम्बन्धी दर्जन बढी निर्णय गर्दा केन्द्रीय समितिको बहुमत र अल्पमतको आधारमा निर्णय गरेको बताउँदै पाण्डेले पार्टीको नाम र चुनाव चिह्न आफूहरुसँगै रहने दाबीसमेत गरे।

ओली नेतृत्वको सरकारलाई ऐतिहासिक अवसर भएको भए पनि काम नगरेको बाताउँदै नेता पाण्डेले समाजवादी राज्य व्यवस्था निर्माणमा ओलीले कुनै काम नगरेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.