बर्दिया : नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली तानाशाहबाट देश जोगाउनुपर्ने बेला आएको बताएका छन्। बर्दियाको सदरमुकाम गुलरियामा आयोजना गरिएको कार्यकर्ता भेला कार्यक्रममा नेता नेपालले केपी ओली तानाशाहबाट देश जोगाउन नेपाली जनाताले आफूलाई साथ र सपोर्ट गर्नुपर्ने बताएका हुन्।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन गरिरहेको छ।
संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन भन्ने नारासहित सदरमुकाम गुलरियामा आयोजना गरिएको भेलालाई पूर्व-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, नेकपा (प्रचण्ड–नेपाल पक्ष) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा प्रभाकर लगायतका नेताले सम्बोधन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।