|

काठमाडौं ः:  सुपरकपको उपाधि एथलेटिक विल्बाओले जितेको छ। गएराति सम्पन्न फाइनलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो। 

एथलेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक एक गोल गरेका थिए। त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २(२ गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो। एथलेटिकले खेलको ९० मिनेटमा गोल गर्दै बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो। त्यसपछि खेलको ९३औ मिनेटमा एथलेटिकले गोल गर्दै अग्रता बनाएर खेल जितेको थियो।

यस खेलमा खेलको १२१ औ मिनेटमा बार्सिलोनाका लियोनेल मेसीले रातो कार्ड पाएका थिए। ​ मेसीले बार्सिलोनाको क्यारियरमा पहिलो रातो कार्ड पाएका हुन्। बार्सिलोनाका लागि ७५३ खेल खेलेका मेसीले पहिलो पटक रातो कार्ड पाएका छन्।

त्यस्तै मेसीले अर्जेन्टिनाबाट खेल्दा भने दुई पटक रातो कार्ड पाएका छन्। एथलेटिक बिल्बाओले योसँगै तेस्रो पटक सुपरकप जितेको छ । यस अघि बिल्बाओले सन १९८४ र २०१५ मा उपाधि जितेको थियो।

सुपरकोपको उपाधि सबैभन्दा धेरै १३ पटक बार्सिलोनाले जितेको छ भने रियल म्याड्रिडले ११ पटक जितेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.