|

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमाना स्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने एक जना घाइते भएका छन्।

आइतबार राती करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ वर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङले जानकारी दिए।  उनकाअनुसार चालक मगरको ठेगाना खुलेको छैन्।   

हेटौडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ। दुधकोशी सोलुखोला (८६ मेगावाट)जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर आएको उक्त आइचर भीरबाट करिब ३ सय मिटर तल खसेको  प्रहरीले जनाएको छ। सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट) मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

८६ मेगावाटसम्म सामाग्री ढुवानीका लागि तिङलाबाटै पन्चन निस्कन मिल्ने मार्ग भएपनि सल्यान तर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.