|

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता लिभरपुल र म्यानचेस्टर युनाईटेडबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ। 

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए। बराबरीसँगै म्यानचेस्टर युनाईटेड १८ खेलबाट ३७ अंक जोडेर शीर्ष स्थानमा छ। लिभरपुलको समान खेलबाट ३४ अंक छ। 

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध फराकिलो जित निकालेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीका लागि जोन स्टोनेसले २ तथा इल्के गुन्डोगान र रहीम स्टर्लिङले १–१ गोल गरे। खेलको पहिलो हाफमा १ गोल गरेको सिटीले बाँकी ३ गोल दोस्रो हाफमा गरेको हो। 

गएरातिको जितसँगै म्यानचेस्टर सिटी १७ खेलबाट ३५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित क्रिस्टल प्यालेस १९ खेलबाट २३ अंक जोडेर १३ औँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.