|

काठमाडौं :  अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रम नजिकिँदै गर्दा विभिन्न सहरमा हतियारसहितका प्रदर्शनकारीहरु देखिन थालेका छन्।

सपथ ग्रहण समारोह विथोल्ने गरी राष्ट्रपति ट्रम्प समर्थकहरु सडकमा निस्किन पूर्वानुमानकाबीच स–साना सशस्त्र समूह देखिन थालेपछि सुरक्षा खतरा बढेको हो। केही समयअघि वासिंङटनस्थित क्यापिटल हिलमा ट्रम्प समर्थकहरुले हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरु अहिले वासिंटनस्थित क्यापिटल हिलको बाहिर जम्मा हुन थालेको जनाइएको छ। 

त्यस्तै टेक्सास, ओरेगोन, मिचिगान, ओहियोलगायतका क्षेत्रमा जम्मा हुन थालेका छन्। थुप्रै क्षेत्रमा भने त्यहाँको नेशनल सेक्युरिटी गार्डले हतियारसहितका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। हिजोदेखि सडकमा निस्किएका हतियारसहितका प्रदर्शनकारीहरु बुंगालो बोइज समूहका सदस्य रहेको अनुमान गरिएको छ। 

राष्ट्रपति जो बोइडेनले जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको सपथ ग्रहण गर्दै छन्। उनको सपथ ग्रहण विथोल्न ट्रम्प समर्थकहरु हतियारसहित प्रदर्शनमा निस्किन सक्ने त्यहाँको संघीय अनुसन्धान ब्युरोले पहिले नै अनुमान गरेको थियो। यो अनुमानअनुसार अमेरिकाका ५० वटै राज्यको सुरक्षा व्यवस्था निकै कडा पारिएको अधिकारीहरुले जनाएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.