|

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर–ईनर्वासिरा सडक दुधौरा नदीमा आइतबार पुल शिलान्यास गरिएको छ।

जीतपुरसिमरा–८ रमौली लोसन्डा र वडा नम्बर २० बसडील्वा जोड्ने रमौलीघाटस्थित नदीमा प्रदेश सरकारले पुल निर्माण गर्न लागेको छ। पुलको प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शिलान्यास गरेका हुन्।

भ्याटसहित १२ करोड ७० लाख ७२ हजार ८ सय ५७ रुपैयाँ १४ पैसा लागतमा १ सय मिटर लामो पुल बनाउनका लागि ठेक्का सम्झौता भएको छ। हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ। आगामी २०७६ असोज २८ गते सम्झौता भएको पुलको काम २०७९ बैशाख २ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ।

पुल नहुँदा वर्षायाममा जीतपुरसिमराका स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गरेर सदरमुकाम कलैया आउ–जाउ गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.