|

सिरहा :  सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानको कृषि मिटरको विद्युत् महसुल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले तिर्ने निर्णय गरेको छ। 

गाउँपालिकाको सम्पन्न आठौं गाउँसभाले सिँचाइ, मलखाद र बीउबिजनलगायतका समस्याका कारण मारमा परेका किसानले सिँचाइका लागि जडान गरेको कृषि मिटरको विद्युत् महसुल गाउँपालिकाले तिर्ने निर्णय गरेको हो। 

कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन आगामी २०७८ वैशाखदेखि कृषि मिटरको महसुल गाउँपालिकाले नै तिरिदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए।

कृषि विद्युतीकरणमा गाउँपालिकाले ८० प्रतिशत काम पूरा गरिसकेको र बाँकी २० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने अध्यक्ष यादवले बताए। शिक्षाको स्तरोन्नतिको निम्ति विभिन्न खालको प्रयोगात्मक परीक्षाको व्यवस्था गरिने र स्वास्थ क्षेत्रलाई मजबुत पार्न कोरोना अस्पताल तथा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष यादवले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.