ओलीले पार्टीको निर्णय नमानेपछि संकट आयो

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिएका छन्। प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'अहिले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडिएर हेर्ने गरिएको छ। तर, यो विवाद पदको लागि होइन। विधि र विधानको मात्रै हो' उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकटको अवस्था आएको उनले बताए। 'पार्टीभित्रको समस्याको बिषयमा छलफल नै नगर्ने बहुमतको निर्णय पनि नमान्ने भन्नुभयो। त्यसैले उहाँलाई बहुमतको साथ हटाइएको हो' उनले भने, 'ओलीकै कारणले अहिलेको अवस्था आइरह्यो।' 

दु'ई अध्यक्षको समान अधिकार भएको भएपनि उहाँले मलाई मलाई प्रथम अध्यक्ष मान्दिनुहोस् भन्नुभयो। मैले सहजै माने। मेरो गल्ती त्यही भयो। तर, उहाँले अलि पछि पुगेपछि सँगै बसेको पाइलटलाई पछि हट्नुहोस् भनेर जिद्दी गर्नु थाल्नुभयो' उनले भने, 'त्यही विषयलाई लिएर अहिलेको अवस्था आयो।'  ओली छलकपट र जालझेली गर्नमा माहिर भएको दाबी गरे। पार्टीको सहमति र पार्टीभित्रको विधान हेरेपछि सबै कुरा स्पष्ट हुने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.