|

काठमाडौं : निर्वाचन आयोगले आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ। 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्। 

त्यस अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईंलगायत सहभागी थिए। संवैधानिक निकायले आफ्नो कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.