|

काठमाडाैं : भारत र अस्ट्रेलियाबीच जारी ४ टेस्ट सिरिजको अन्तिम तथा निर्णायक टेस्ट अस्ट्रेलियाको घरेलु मैदान ब्रिस्बेनमा जारी छ।

खेलमा अस्ट्रेलियाले भारतलाई ३२८ रनको लक्ष्य दिएको छ। जवाफमा भारतले चौंथो दिनको समाप्तीमा बिनाविकेट क्षतिमा ४ रन बनाएर क्रिजमा छ। भारतीय खेलाडी रोहित शर्मा ४ तथा शुभमन गिल शून्य रनमा अविजित छन्। भारत अब अन्तिम तथा पाचौं दिन जितका लागि मैदानमा उत्रने छ। जित ननिकाले पनि उसको लक्ष्य कम्तीमा बराबरी गर्नुहुने छ।

अस्ट्रेलियाको दोस्रो इनिङमा २ सय ९४ रन

खेलमा अस्ट्रेलियाले टस जितेर पहिलो ब्याटिङ गर्दै ३ सय ६९ रन बनाएको थियो। जवाफमा भारतले ३ सय ३६ रन मात्र बनाउन सक्यो। पहिलो इनिङमा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ९४ रनको अग्रता बनायो। योसँगै अस्ट्रेलियाले समग्रमा ३२८ रनको लक्ष्य दिएको छ। ​

ब्रिस्बेनमा अहिलेसम्म कुनै पनि टिमले २५० बढी रन भेट्टाउन सकेका छैनन्। यहाँ अहिलेसम्म सर्वाधिक २ सय ३६ रनको लक्ष्य चेज गरेको रेकर्ड छ। यो उपलब्धि अस्ट्रेलियाकै नाममा छ। अस्ट्रेलियाले नोभेम्बर १९५१ मा वेस्ट इन्डिजलाई ३ विकेटको जित निकालेको थियो।

भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिँदा शार्दुल ठाकुरले ४ विकेट लिए। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा डेभिड वार्नरले ४८ रन बनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.