|

एएफपी : सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाले गरेको आक्रमणमा ८३ जना भन्दा बढीको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)ले आइतबार जनाएको छ। 

गत शनिबारबाट सुरु भएको झडपमा अन्य एक सय ६० जना घाइते भएका उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी  सुनाले लेखेको छ। 

‘शनिबार बिहानदेखि एल जेनिना सहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी छन्, जसमा हाम्रो तथ्यांकअनुसार ८३ जना मारिएका र १ सय ६० जना घाइते भएका छन्,’ सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायात साधन उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ। पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञासमेत जारी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.