पार्टी विधान र संविधानविपरीत गतिविधि नरोके थप कदम

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा नेकपा प्रचण्ड–माधव समूहका नेताहरूले केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर स्पष्टीकरणको पत्र बुझाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले थाहाखबरलाई जानकारी दिए। 

'उहाँले पार्टी विधान र संविधानविपरीत गतिविधि गरिराख्नुभयो। हामीले केन्द्रीय कमिटीको बैठकबाट उहाँलाई अध्यक्ष पदबाट हटाएको थियौँ' उनले भने। 

पार्टीले एकपटक जानकारी गराउँदा समेत उहाँले आफ्नो गतिविधिलाई नरोकेको कारणले साधारण सदस्यबाट हटाउन बाट पनि किन नहटाउने भन्ने विषयमा छलफल भएअनुसार पत्र बुझाएको उनले बताए। 

पार्टीको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालद्वारा हस्ताक्षर गरिएको स्पष्टीकरण पत्रमा जवाफ फर्काउनका लागि तीन दिनको म्याद दिएको उनले बताए। 

'अध्यक्षद्वयको पत्रमा उहाँलाई तीन दिनको म्याद दिइएको छ। उहाँले हामीलाई चित्तबुझ्दो जवाफ दिनुभएन भने पार्टी आवश्यक कारवाही प्रक्रिया अघि बढाउँछ' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.