भक्तपुर : भक्तपुर प्रहरीले अत्याधिक मात्रामा घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ।
प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेलका स्थानीय ४० वर्षिय लक्ष्मीप्रसाद सुजखुको टहराबाट सोमबार दिउँसो ५ सय लिटर घरेलु मदिरा र करिब ४ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको हो।
सुजखुले घरेलु मदिरा उत्पादन गरी बिक्री-वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। महानगरीय प्रहरी प्रभाग व्यासीका प्रहरी नायव उपरीक्षक वीरबहादुर भण्डारी नेतृत्वको टोलीले सुजखुको टहरा घेराबन्दी गरी खानतलासी गरेको परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।
खानतलासीका क्रममा प्लाष्टिकका २ सय लिटरका २० वटा ड्रममा मदिरा बनाउने कच्चा पदार्थ भेटिएको थियो। मदिरा, कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडासहित सुजखुलाई नियन्त्रणमा लिइएको र कानुन बमोजिम कारवाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।