|

काठमाडौं : पछिल्लो समय कोरोना संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्न थालेको छ। 

२४ घण्टामा कोरोना संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार चार सय ४१ जना संक्रमण मुक्त भएका छन्।

त्यस्तैगरी, चार हजार ९ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ४८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म २० लाख २१ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएको छ। 

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६७ हजार ९ सय ९२ जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार ७ सय ६४ छन्। बितेको २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ६९ जना पुगेको छ। 

हालसम्म २ लाख ६२ हजार २ सय ५९ जना संक्रमणमुक्त भएका छन, भने  क्वारेन्टाइनमा रहनेको संख्या एक सय ९० रहेको मन्त्रालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.