|

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ। यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी बोनस डेटा प्राप्त गर्नेछन्‌।

यो योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो। द्रुत गतिको मोवाइल ब्रोडब्यान्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा र सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिने एनसेलले जनाएको छ। 

सिम अपग्रेड गर्न एनसेल ग्राहकहरू आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेताकहाँ जानसक्ने छन्‌। आफ्नो सिमकार्ड सजिलै र बिना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्ने एनसेलले जनाएको छ। ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर द्रुतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन्। 

यो योजनाअन्तर्गत बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ। फोरजीमा अपग्रेड गरेपछि ग्राहकले डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी लगायत सुविधा पाउनेछन्‌।

​ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजी हो या होइन भनी थाहा पाउन *234# डायल गरी वा अंग्रेजीमा अक्षरको क्यापिटल 'Q' लेखि ३२४ मा एसएमएस पठाउन सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.