|

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले नवलपरासी पूर्व जिल्ला,गैडाकोट नगरपालिका-१३ का ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन्।

निर्देशक शर्माका अनुसार ती पुरुषको माघ ६ गते साँझ करिब ६ : ५ बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.