|

 काठमाडौं :  प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ११ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय १० रन बनायो। सुदूरपश्चिमका लागि खडकबहादुर बोहोराले सर्वाधिक ४० रन बनाए।

 यस्तै, सन्जु दमाइले ३५, अरुण ऐरीले १३ अर्जुन साउदले १० रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका पाँच ब्याट्सम्यान शून्य रनमा आउट भए। पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले घातक बलिङ गरे। दीपेन्द्रले ६.१ ओभरमा २ मेडन राख्दै १० खर्चेर ४ विकेट लिएका हुन्। ढकालले १० ओभरमा ३ मेडनसहित १८ रन दिएर ४ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.