|

काठमाडौं : लोक गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ। उनको आज बिहान काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। 

बानियाँले केही वर्ष यता मिर्गौला रोगबाट पीडित थिए। उनी सुगर, प्रेसरका समेत बिरामी थिए। स्वास्थ्य असहज भएपछि मंगलबार अस्पताल भर्ना गरिएको उनको बुधबार बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्याङ्जाको फेदीखोलामा जन्मिएका गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए। उनका ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन्।

बिरामी भएपछि बानियाँले माछापोखरीमा रहेको घर समेत बेचेका थिए। मिर्गौलाको उपचारका लागि लोकदोहोरी क्षेत्रका कलाकारहरुले पनि उनलाई सहयोग गरेका थिए। बानियाँका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.