|

काठमाडौं :  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार नयाँ टेष्ट ब्याटिङ वरियता सार्वजनिक गरेको छ। जसमा अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुसेन तेस्रो स्थानमा उक्लिएका छन्। भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै उनी तेस्रो स्थानमा उक्लिएका हुन्।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सन शीर्ष स्थानमा यथावत् छन्। कोहली चौथो स्थानमा झरेका छन्। यसअघि उनी तेस्रो स्थानमा थिए। अष्ट्रेलियाका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ दोस्रो स्थानमा छन्। विलियम्सन ९१९ अंकका साथ पहिलो स्थानमा रहँदा स्थिम ८९१ अंकका साथ दोस्रोमा छन्।

लाबुसेन ८७८ अंकसहित तेस्रो स्थानमा रहँदा विराट ८८२ अंकसहित चौथो स्थानमा छन्। लाबुसेन हालै भारतविरुद्ध शानदार शतक बनाएका थिए। इंग्ल्याण्डका कप्तान जो रुट ६ स्थान सुधार गर्दै पाँचौं स्थानमा पुगेका छन्।

उनले हालै श्रीलंकाविरुद्धको दोहोरो शतक बनाएका थिए। पाकिस्तानका बाबर आजम ७८१ अंकका साथ छैटौं स्थानमा छन्। भारतका चेतेश्वर पुजाराले एक स्थान सुधार गरेका छन्। उनी सातौं स्थानमा उक्लिएका छन्। इंग्ल्याण्डका बेन स्टोक्स दुई स्थान तल झर्दै आठौँ स्थानमा पुगेका छन्। भारतका अजिंक्य रहाणे पनि दुई स्थान तल झर्दै नवौँ स्थानमा छन्। न्यूजिल्याण्डका हेनरी निकोल्स १०औँ स्थामा छन्। उनी पनि एक स्थान तल झरेका हुन्।

 यस्तो छ नयाँ टेष्ट ब्याटिङ :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.