|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार हुने वडा स्तरीय प्रदर्शन सहभागी जनाउन आह्वान गरेका छन्। देउवाले विज्ञप्ति जारी गर्दै संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका हुन्। 

विज्ञप्तिमा उल्लेख छ, ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीबार ६,७४३ वडामा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु।’

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ स्थानीय तहमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको समेत जनाइएको छ। 

यसअघिको प्रदर्शन व्यापक सहभागिता रहेको हुनाले वडा स्तरीय प्रदर्शनमा पनि घर घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सभापति देउवाले अपील गरेका छन्। 

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ,’ उनले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.